images
images
  • मनाङको उपचुनाव रद्द

    काठमाडौं– मनाङमा कात्तिक १७ गते तय गरिएको प्रदेशसभा उपचुनाव स्थगित भएको छ ।

    आइतबार सरकार र निर्वाचन आयोगबीच भएको छलफलपछि उपचुनाव नगर्ने निर्णय भएको हो ।

    कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले नेपाल प्रेससँग कुरा गर्दै, आगामी मिति पछि निर्धारण गरिने जानकारी दिएका छन् ।

    उपचुनावका लागि असोज २२ र २३ गते दल दर्ता कार्यतालिका प्रकाशित भइसकेको थियो ।

    तर, जेन-जेड आन्दोलनपछिको राजनीतिक अवस्था र हालको विपदका कारण उक्त तालिका प्रभावित भएपछि निर्वाचन स्थगित गरिएको भण्डारीले बताए ।

    यसैगरी, प्रतिनिधिसभा विघटनसँगै रुपन्देही-३ को प्रतिनिधिसभा उपचुनाव पनि पहिले नै रद्द भइसकेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images