images
images
  • प्रधानमन्त्री कार्की नेतृत्वको मन्त्रिपरिषद् बैठक आह्वान

    काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक मंगलबार बिहान साढे ११ बजे बस्ने गरी आह्वान गरेकी छन् ।

    बैठकले बाढी–पहिरोबाट क्षतिग्रस्त संरचना पुनर्निर्माण, राहत वितरण, अस्थायी तथा स्थायी वासस्थानको व्यवस्था लगायतका विषयमा निर्णय गर्ने बताइएको छ ।

    राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख दिनेशप्रसाद भट्टका अनुसार अविरल वर्षापछि ४५ जनाको मृत्यु, ६ जना बेपत्ता र २४ घाइते भएका छन् ।

    घाइतेको निःशुल्क उपचार भइरहेको छ भने पीडित परिवारलाई खाद्यान्न र अन्य सहयोग प्रदान गरिएको छ ।

    भट्टले केही स्थानमा खोज–उद्धार कार्य अझै जारी रहेकाले क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको बताए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images