काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्याल र उर्जामन्त्री कुलमान घिसिङको सोमबार इलाम भ्रमण टिकट नपाएपछि स्थगित भएको छ ।
उनीहरू असोज १८–१९ को अविरल वर्षापछि पहिरोले बढी क्षति पुगेको इलामको स्थलगत निरीक्षण गर्ने तयारीमा थिए ।
योजना अनुसार उनीहरू काठमाडौं– झापा भद्रपुर नियमित उडान र भद्रपुर–इलाम हेलिकप्टरमार्फत जाने थिए, तर टिकट नपाउँदा भ्रमण स्थगित भएको गृह मन्त्रालय स्रोतले जनाएको छ ।
भ्रमणको नयाँ मिति तय भइनसकेको छ ।
उनीहरूसँग गृह, ऊर्जा र भौतिक सचिव पनि जाने तयारीमा थिए ।
यद्यपि सडकमार्ग हुँदै इलाम पुग्न उनीहरूले नमानेको स्रोतले बतायो ।
प्रतिक्रिया दिनुहोस्























