images
images
  • जल विपद्‌मा ५२ ले गुमाए ज्यान, ६ हजार परिवार विस्थापित

    काठमाडौं– अविरल वर्षासँग आएको बाढी र पहिरोबाट कोशी प्रदेशमा मृत्यु हुनेको संख्या ४९ पुगेको छ भने १७ जना घाइते भएका छन् ।

    देशभर हालसम्म ५२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार इलाममा मात्र ३७ जनाले ज्यान गुमाएका छन् ।

    मृतकमा १३ पुरुष, १४ महिला, ३ बालक र ७ बालिका छन् ।

    इलाममै १ जना पुरुष बेपत्ता छन् ।

    पाँचथरमा २, उदयपुरमा २, खोटाङमा २, मोरङमा १ महिला र झापामा १ पुरुषको मृत्यु भएको छ ।

    बाढीका कारण प्रदेशभर ६ हजारभन्दा बढी परिवार विस्थापित भएका छन् ।

    झापामा सबैभन्दा बढी ५ हजार ४२५ परिवार, मोरङमा ३८६, सुनसरीमा ४५, धनकुटामा ६, उदयपुर र खोटाङमा ३–३ परिवार विस्थापित भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images