images
images
  • पानी पार्ने बादल अझै सक्रिय, कहाँ–कहाँ हुँदैछ वर्षा ?

    काठमाडौं– हाल देशभर मनसुनी वायु (पानी पार्ने बादल) को प्रभाव कायम रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    विभागका अनुसार कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारण बदली रहनेछ भने बाँकी प्रदेशका अधिकांश स्थानमा आंशिक बदलीको अवस्था रहनेछ ।

    यस अवधिमा कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा अन्य प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ ।

    आज राति पनि कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारण बदली रहने र बाँकी भू–भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ ।

    त्यस्तै, कर्णाली र सुदूरपश्चिमका पहाडी तथा तराईका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images