images
images
  • यात्रा गर्दै हुनुहुन्छ ? हेर्नुहोस् ठप्प छन् यी सडक (सूचीसहित)

    काठमाडौं– शनिबार र आइतबारको अविरल वर्षाका कारण देशका धेरै राजमार्गहरू विभिन्न स्थानमा अवरूद्ध भएका छन् ।

    कहीँ पहिरो खसेका छन् भने कहीँ पुल र डाइभर्सन बगाउँदा यातायात पूर्ण रूपमा ठप्प छ ।

    नेपाल प्रहरीका अनुसार कोशी प्रदेशमा कोशी, सिद्धिचरण, मध्यपहाडी र मेची राजमार्गहरू अवरूद्ध छन् ।

    बागमती प्रदेशमा पासाङल्हामु सडकखण्डका तीन ठाउँमा सडक खुलेको छैन भने रसुवाको चीनसँगको नाका बन्द छ ।

    सिन्धुलीको विपी राजमार्गमा रोशी खोलाले डाइभर्सन बगाउँदा सम्पर्क टुटेको छ ।

    कान्ती लोकपथमा भीमफेदी–वगुवा खोलानजिक र कुलेखानी–सिस्नेरी सडक खण्डमा आवागमन रोकिएको छ ।

    मदन भण्डारी राजमार्ग सिन्धुलीमा एकतर्फी चलेको छ भने मध्यपहाडी लोकमार्ग इलामको फिक्कलमा अवरुद्ध छ ।

    संखुवासभाको बरूणखोला, ओखलढुंगाको भँडारे खोला, उदयपुरको कटारी र इलामको राजदुवाली क्षेत्रमा समेत सडकहरू बन्द रहेका छन् ।

    प्रहरीका अनुसार रसुवा, सिन्धुपाल्चोक, काभ्रे र मकवानपुरका विभिन्न ठाउँमा पनि यातायात प्रभावित भएको छ ।

    हेर्नुहोस् सूची :

    sadak abarudda 1

    प्रतिक्रिया दिनुहोस्
    images
    images