काठमाडौं– गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनका क्रममा भएको मानवीय हताहतीबारे छानबिन गरिरहेको पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकसहित पाँच जनाको राहदानी रोक्का गर्न निर्देशन दिएको छ ।
आयोगले गत आइतबारको बैठकमार्फत पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्वगृहमन्त्री रमेश लेखक, पूर्वगृहसचिव गोकर्णमणि दुवाडी, पूर्वराष्ट्रिय अनुसन्धान प्रमुख हुतराज थापा र तत्कालीन काठमाडौं प्रमुख जिल्ला अधिकारी छविलाल रिजाललाई अनुसन्धानका लागि बोलाउन सकिने भन्दै स्वीकृतिबिना काठमाडौं उपत्यका बाहिर जान नपाउने व्यवस्था मिलाउन सम्बन्धित निकायलाई आग्रह गरेको हो ।
आयोगको विज्ञप्तिमा भनिएको छ, ‘उनीहरूलाई कुनै पनि समयमा उपस्थित हुनुपर्ने भएकाले विदेश भ्रमणमा रोक लगाउन आवश्यक देखिएको छ ।’
छानबिनलाई थप प्रभावकारी बनाउन आयोगले विज्ञसहितको जनशक्ति थप गर्न गृह मन्त्रालयलाई पत्र पठाउने निर्णय पनि गरेको छ ।
आयोग सदस्य निशान राज शर्माका अनुसार उक्त निर्णय अनुसन्धानलाई निष्पक्ष र व्यवस्थित बनाउन उठाइएको कदम हो भने अबको केही दिनमै छानविन सुरु गर्ने बताइएको छ ।


विश्व खबर 




















प्रतिक्रिया दिनुहोस्