काठमाडौं– जेनजी प्रदर्शनका क्रममा नेपाली कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा अझै सार्वजनिक रूपमा देखिएका छैनन् ।
भदौ २४ गते प्रदर्शनकारीले देउवा निवास बूढानिलकण्ठमा आगजनी गरेका थिए ।
आगजनी अघि देउवा र परराष्ट्रमन्त्री आरजु राणा देउवालाई भीडले कुटपिट गरी बाहिर निकालिएको थियो ।
त्यसपछि निवास पूर्णरूपमा ध्वस्त भएको थियो ।
उनीहरू दुवै घाइते भएका थिए र नेपाली सेनाले शिवपुरी ब्यारेकभित्र उपचार गराएको थियो ।
असोज २ गते डिस्चार्ज भएपछि उनीहरू महाराजगञ्जमा भाडाको घरमा बस्न थालेका छन्, तर कांग्रेसले देउवाको ठेगाना सार्वजनिक गरेको छैन ।
जेनजी प्रदर्शनले सरकार ढलेपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली भक्तपुर गुण्डु बस्दै आएका छन् ।
प्रदर्शनमा उनका निवास बालकोट पनि जलेको थियो ।
माओवादी अध्यक्ष प्रचण्डको खुमलटार निवास पनि जलेको थियो र प्रचण्ड आफ्नै परिवारको घरमा बसिरहेका छन् ।
सुरक्षा कारणले विभिन्न दलका शीर्ष नेताहरू सेनाका ब्यारेकमा सुरक्षित भएका थिए ।


विश्व खबर 




















प्रतिक्रिया दिनुहोस्