images
images
  • सुदनले सरकारी कर्मचारी र सुरक्षा निकायलाई विपद् उद्धारमा जुट्न निर्देशन दिएपछि चौतर्फी विरोध

    काठमाडौं– सुदन गुरुङ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकमा सहभागी भएर कर्मचारी, सुरक्षा निकाय र अधिकारीहरूलाई विपद् उद्धारसम्बन्धी निर्देशन दिएका छन् ।

    गुरुङको बैठकमा उपस्थिति र निर्देशनप्रति सामाजिक सञ्जालमा प्रश्न उठिरहेका छन् ।

    प्राधिकरणका अधिकारीहरूले भने उनलाई बोलाएको वा अनुमतिमा बैठकमा आएको हो भन्ने स्पष्ट जवाफ दिएका छैनन् ।

    उपसचिव शान्ति महतका अनुसार, ‘उहाँ आउनुभयो बस्नुभयो, हामीले बोलाएका होइनौं । गृहमन्त्रीले बोलाउनुभयो कि भएन थाहा छैन ।’

    बैठकमा गुरुङले उद्धार कार्यका लागि हेली, एम्बुलेन्स, मोटरबोट, ¥याफ्टिङ, टेन्ट र रासनपानीको तयारीबारे प्रश्न सोध्दै तत्काल उपलब्ध स्रोत व्यवस्थापन गर्न निर्देशन दिएका छन् ।

    उनले नागरिक उद्धारमा प्राथमिकता दिने, अवरुद्ध क्षेत्रमा मानिसको पहिचान गर्ने र स्वास्थ्य शिविर तथा स्टेन्डबाइ सामग्री तयारीमा राख्नुपर्ने बताएका छन् ।

    प्रमुख कार्यकारी अधिकृत दिनेशप्रसाद भट्टले टेन्टको अवस्था र सेनाका हेलिकप्टर परिचालनबारे जानकारी दिएका छन् भने सशस्त्र प्रहरीका प्रतिनिधिले ९६ ¥याफ्ट र ३३ मोटरबोट रहेको जानकारी दिएका छन् ।

    गुरुङको उपस्थितिलाई कर्मचारीहरूले औपचारिक निर्देशनको रूपमा लिएका छैनन्, तर उनी जनताकै उद्धार सुनिश्चित गर्न सक्रिय देखिएका छन् ।

    प्रतिक्रिया दिनुहोस्

    images