images
images
  • बालुवाटारमा प्रधानमन्त्रीको अनुपस्थितिमै जेन्जी प्रतिनिधिहरूबीच छलफल, के भयो कुरा ?

    काठमाडौं– सरकारले भ्रष्टाचार, नातावाद र अन्य बेथितिविरुद्ध आन्दोलन गर्दै आएका विभिन्न युवा समूहसँग विस्तृत छलफल गरेको छ ।

    प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा करिब दुई घण्टा भएको छलफलमा प्रधानमन्त्री सुशीला कार्की उपस्थित थिइनन्, तर उनको सचिवालयले संयोजन गरेको थियो ।

    छलफलमा गृहमन्त्री ओमप्रकाश अर्याल, कानुनमन्त्री अनिलकुमार सिन्हा, भौतिक पूर्वाधारमन्त्री कुलमान घिसिङ, अर्थमन्त्री रामेश्वर खनाल, सञ्चारमन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका स्वकीय सचिव आदर्श श्रेष्ठ सहभागी थिए ।

    जेनजीका पाँचवटा समूहबाट करिब २५ जना सहभागी भए ।

    सुदन गुरुङ, रक्षा बम, बब्लु गुप्ता, अभिषेक श्रेष्ठ र सहिद परिवारका प्रतिनिधिहरू फरक–फरक समूहमा थिए ।

    छलफलको उद्देश्य अविश्वास घटाउँदै साझा धारणा बनाउनु र आन्दोलनका भावनाहरूलाई व्यवस्थापन गर्नु रहेको स्रोतले बताए ।

    बैठकमा प्रतिनिधिहरूले प्रत्यक्ष कार्यकारी व्यवस्था, संविधान संशोधन र पुरानै सरकारका दोषहरूको छानबिन जस्ता माग राखेका थिए ।

    मन्त्रीहरूले अहिलेसम्म भएका कामकारबाही र आगामी योजनाबारे जानकारी गराए ।

    छलफलपछि जेनजी प्रतिनिधिहरूले भने कि उनीहरूको मुख्य मुद्दा सुशासन र भ्रष्टाचारको अन्त्य हो, र यसका लागि निरन्तर खबरदारी गरिरहनेछन् ।

    गृहमन्त्री अर्यालले पनि पत्रकार सम्मेलन गर्दै सबै पक्षलाई सहकार्यमा विपद् व्यवस्थापनमा जुट्न र मानवतामूलक काममा केन्द्रित रहन आग्रह गरे ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images