images
images
  • जल विपद् घटनाबाट ४० जनाको मृत्यु, ११ बेपत्ता

    काठमाडौं– पछिल्ला दुई दिनमा देशभर बाढीपहिरो, चट्याङ र सवारी दुर्घटनामा परी कम्तीमा ४० जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् ।

    साथै, ११ जना बेपत्ता छन् ।

    इलाममा बाढीपहिरोबाट २८ जनाको मृत्यु भएको छ र दुई जना गम्भीर घाइते छन् ।

    जिल्लाका सूर्योदय–५, इलाम–६, देउमाई–२, फाकफोकथुम–१, माङ्सेबुङ–३, माइजोगमाई–८ र सन्दकपुर–३ जनाको मृत्यु भएको छ ।

    अन्य जिल्लामा उदयपुरमा २, रौतहटमा ३, रसुवामा ४ र काठमाडौँमा १ जनाको मृत्यु भएको छ ।

    खोटाङ, भोजपुर, रौतहट र मकवानपुरमा चट्याङबाट ८ जना घाइते भएका छन् ।

    पाँचथरमा सवारी दुर्घटनामा ६ जनाको मृत्यु र ६ जना घाइते भएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images