काठमाडौ.– इलाममा आएको बाढी र पहिरोका कारण मृत्यु हुनेको संख्या २८ पुगेको छ ।
सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार सूर्योदय नगरपालिका–१ मा ५, इलाम नगरपालिका–६ मा ६, देउमाइ नगरपालिकामा २, खापखुकपुङ गाउँपालिकामा १, माङ्सेबुङमा ३, माइजोकमाइ गाउँपालिकामा ८, र सन्दकपुर गाउँपालिकामा ३ जनाको मृत्यु भएको छ ।
माङ्सेबुङबाट नेपाली सेनाले एक पुरुष र एक गर्भवती महिलालाई हेलिकप्टरमार्फत उद्धार गरी विराटनगर अस्पतालमा पठाएको छ ।
प्रतिक्रिया दिनुहोस्























