images
images
  • बाढीपहिरोबाट जनधनको ठूलो क्षति, प्रचण्डद्वारा उद्धार र राहत कार्यमा सक्रिय रहन निर्देशन

    काठमाडौं– विगत केही दिनयता देशका पूर्वी तथा मध्य क्षेत्रहरूमा पुनः सक्रिय भएको मौसम प्रणालीले अविरल वर्षा गराउँदा बाढी, डुबान र पहिरोबाट ठूलो जनधनको क्षति भएको छ ।

    इलामका विभिन्न स्थानमा पहिरोमा परी हालसम्म १८ जनाको ज्यान गएको खबर आएको छ भने कैयौं व्यक्तिहरू वेपत्ता भएका छन् ।

    रसुवा लगायत देशका अन्य क्षेत्रमा पनि केही व्यक्तिहरू वेपत्ता छन् भने घर, सडक र राजमार्गमा व्यापक क्षति पुगेको छ ।

    पशुबाली र अन्नबालीमा पनि ठूलो क्षति भएको छ, जसले स्थानीय जनजीवनमा गम्भीर असर पारेको छ ।

    नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यस दुखद अवस्थाप्रति गहिरो दुःख व्यक्त गर्दै प्राकृतिक विपदाबाट ज्यान गुमाउनेहरूलाई श्रद्धाञ्जली अर्पण गरेका छन् ।

    घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेका छन् ।

    जोखिम पूर्ण रूपमा हटेको छैन भनी सबैमा उच्च सतर्कता अपनाउन अनुरोध गर्दै उनले आफ्ना सबै तहका संरचनालाई उद्धार, राहत र पुनःस्थापनाको कार्यमा तत्काल सक्रिय हुन निर्देशन दिएका छन् ।

    साथै, सबै स्तरका पार्टी कार्यालयमा सहायता कक्ष स्थापना गरी उद्दार, राहत र पुनःस्थापनामा थप सक्रिय हुन आह्वान गरिएको छ ।

    विशेषज्ञहरूले यस प्रकारको अत्यधिक वर्षापछि जोखिम पूर्ण रूपमा नटरेकोले सतर्क रहन आवश्यक रहेको चेतावनी दिएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images