images
images
  • नागढुंगामा रोकिएका सवारी साधनहरू गन्तव्यतर्फ पठाइँदै

    काठमाडौं– काठमाडौंको नागढुंगा क्षेत्रमा रोकिएका सवारी साधनहरूलाई धादिङतर्फ पठाउने काम सुरु भएको छ ।

    वर्षा रोकिएसँगै उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीका अनुसार पहिलो चरणमा १०० वटा सवारी साधनलाई गन्तव्यतर्फ पठाइएको छ ।

    एसपी सुवेदीले भने, ‘पहिलो चरणमा थोरै सवारी साधनलाई मात्र गन्तव्यतर्फ पठाइएको हो, पृथ्वी राजमार्गमा रहेको अवरोध हटाउने काम पनि जारी रहेको छ ।’

    प्रतिक्रिया दिनुहोस्
    images
    images