images
images
  • देउवा–ओली बाहेक प्रचण्ड, माधव र लिङ्देनद्वारा पार्टी संयन्त्रलाई राहत तथा उद्धारमा खट्न आग्रह

    काठमाडौं– निरन्तर वर्षापछि उत्पन्न विपद्बीच विभिन्न राजनीतिक दलहरूले उद्धार र राहतका लागि सक्रिय हुन आह्वान गरेका छन् ।

    नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दल, संघ–संस्था र नागरिक समाजलाई एकताबद्ध भएर उद्धार तथा राहतमा जुट्न अपिल गरेका छन् ।

    उनले तीनै तहका सरकारलाई युद्धस्तरमा समन्वय र नेतृत्व गर्न आग्रह गरेका छन् ।

    त्यस्तै, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले उच्च जोखिममा परेका जनताको उद्धार र सहयोगका लागि सरोकारवालालाई आग्रह गर्दै पार्टी नेता–कार्यकर्तालाई पनि सहयोगमा जुट्न निर्देशन दिएका छन् ।

    राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले वर्षात्बाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै उद्धार कार्यमा सक्रिय रहन सबै तहका नेता–कार्यकर्तालाई निर्देशन दिएका छन् ।

    जनता समाजवादी पार्टी (जसपा) का उपमहासचिव प्रदीप यादवले पनि बाढी, पहिरो र डुबानबाट प्रभावित क्षेत्रहरूमा उद्धार तथा राहतमा लाग्न पार्टी संरचनालाई आग्रह गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images