काठमाडौं– लगातारको अविरल वर्षाले देशभरका प्रमुख तथा सहायक सडकहरूमा आवागमन प्रभावित भएको छ ।
आज बिहान ९ बजेसम्मको तथ्यांकअनुसार १९ स्थानमा सडक अवरुद्ध छन् ।
काठमाडौं उपत्यका र आसपास :
नागढुङ्गा–गोदाम–टखेल सडकखण्ड १८ असोजदेखि अर्को सूचना नआएसम्म बन्द ।
फाखेल–हुमाने सडकखण्डमा दिउँसो १ बजे पहिरो खसेर बाटो पूर्ण अवरुद्ध ।
कुलेखानी–सिस्नेरी–दक्षिणकालि सडकखण्ड खोलाको बहाब बढ्दा बन्द ।
कान्ति लोकपथको टाकुचे क्षेत्रमा पहिरो खस्दा दुवैतर्फ सवारी ठप्प ।
बीपी र अरनिको राजमार्ग :
बीपी र अरनिको राजमार्ग (धुलिखेल–दोलालघाट–सिन्धुपाल्चोक) १८ असोजदेखि अनिश्चितकालीन रूपमा बन्द ।
अरनिको राजमार्गको चारकिलोमा सडक भासिँदा पुनः पूर्ण अवरोध ।
बीपी राजमार्ग (रोशी गा.पा.–११) मा पहिरो खसेर सडक दुवैतर्फ बन्द ।
बीपी राजमार्ग साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म २१ असोजसम्म पूर्णरूपमा बन्द रहने ।
रसुवा :
मितेरी पुलमा बाढीले क्षति पुर्याएपछि आवतजावत ठप्प ।
पासाङ ल्हामु राजमार्गका घट्टेखोला, बालुवाखानि र तातोपानी क्षेत्रमा सुख्खा पहिरोले सडक बन्द ।
संखुवासभा र कोशी क्षेत्र :
कोशी राजमार्गको बरुणखोला क्षेत्रमा बाढीले ह्युमपाइप बगाउँदा सडक अवरुद्ध ।
खाँदबारी–किमाथांका सडक भदौ १५ देखि पहिरोका कारण बन्द ।
अन्य सडकहरू :
सिद्धिचरण लोकमार्ग (ओखलढुंगा) मा भँडारे खोलाले सडकको १० मिटर बगाएको ।
नारायणगढ–मुग्लिङ सडकखण्डमा नाम्चे र तुइनखोला क्षेत्रमा पहिरोले एकतर्फी अवरोध ।
पृथ्वी राजमार्ग (गजुरी–जहरेखेत) मा दुवैतर्फ सवारी रोकिएको ।
मध्यपहाडी लोकमार्गका धनकुटा, सिन्धुली र फिक्कल क्षेत्रमा पहिरो र सडक भासिँदा आवागमन ठप्प ।
कोशी लोकमार्ग (धनकुटा–साँगुरीगढि) मा चनौटे, घण्टे र सिमसुवा गरी तीन स्थानमा सडक अवरुद्ध ।























