images
images
  • सप्तकोशी नदीका ५६ ढोका खुला

    काठमाडौं– लगातार वर्षासँगै सप्तकोशी नदीमा पानीको सतह तीव्र रूपमा बढेपछि ब्यारेजका सबै ५६ ढोका आइतबार बिहान खुला गरिएको छ ।

    सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार आइतबार बिहान साढे १० बजे कोशीमा पानीको बहाव ४ लाख ८६ हजार ७६० क्युसेक पुगेको थियो ।

    आज बिहान पानीको बहाव प्रतिसेकेन्ड ३ लाख ३५ हजार क्युसेक पुगेपछि ब्यारेजका ५६ मध्ये ५० ढोका खोलिएको थियो ।

    त्यसपछि पानीको मात्रा अझ बढेपछि बाँकी ढोकासमेत खोलिएको हो ।

    यसअघि भदौ १७ गते पनि कोशीमा पानीको बहाव उच्च हुँदा ५६ मध्ये ३८ ढोका खोलिएको थियो ।

    त्यसपछि केही दिन पानीको सतह घट्दै गएको थियो ।

    तर शुक्रबार र शनिबारको लगातार वर्षाका कारण आइतबार बिहानदेखि नदीमा पुनः पानीको बहाव तीव्र बढेको हो ।

    कोशी ब्यारेजमा पानीको प्रवाह एक लाख ५० हजार क्युसेक नाघेपछि खतराको सङ्केतका रूपमा रातो बत्ती बाल्ने गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images