images
images
  • यस्तो छ दर्जन बढी सडकको अवस्था (सूचीसहित)

    काठमाडौं– वर्षा र पहिरोका कारण देशका विभिन्न सडकखण्ड अवरुद्ध भएका छन् ।

    सडक अवरुद्ध भएपछि सवारीसाधनहरू विभिन्न स्थानमा रोकिएका छन् ।

    भक्तपुरको साँगास्थित झोलुंगे पुलनजिक पहिरो खस्दा आवागमन प्रभावित भएको छ ।

    नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना–५ तुइन खोलानजिक पहिरो हटाइए पनि हाल एकतर्फी रूपमा सवारी सञ्चालन भइरहेको सडक विभागले जनाएको छ ।

    ललितपुरको वाग्मती गाउँपालिका–३ टाकुचेमा खसेको पहिरोले कान्तिलोकपथ बन्द भएको छ ।

    त्यसैगरी, फर्पिङ–सिस्नेरी सडकअन्तर्गत मकवानपुरको इन्द्रसरोवर–४ महालक्ष्मी खोलानजिक पहिरो खसेपछि सडक अवरुद्ध भएको छ ।

    बीपी राजमार्गअन्तर्गत काभ्रेको रोशी–११ माम्तीखोला र बुलढुंगामा, अरनिको राजमार्गको सिन्धुपाल्चोक भोटेकोशी–४ चारकिलोमा, र कोसी राजमार्गमा संखुवासभाको मकालु–३ एकुवा तथा भोटखोला–४ बरणमा पहिरोका कारण सवारी आवागमन रोकिएको विभागले जनाएको छ ।

    त्यस्तै, पासाङल्हामु राजमार्गको रसुवाको गोसाइकुण्ड–२ पट्टेखोला, बालुवाखानी र तातोपानीमा पनि पहिरो खसेर सडक अवरुद्ध छ ।

    गत असार २४ गतेको बाढीले क्षति पु¥याएको मितेरी पुल मर्मत नहुँदा रसुवागढी नाका अझै बन्द छ ।

    ओखलढुंगाको मानेभञ्ज्याङ–६ र ७ सिमानास्थित सिद्धिचरण लोकमार्गमा भंडारे खोलामा आएको बाढीका कारण पनि यातायात ठप्प भएको विभागले जनाएको छ ।

    559418996 1120047033591152 2821436689776114064 n 1759638732

    प्रतिक्रिया दिनुहोस्
    images
    images