images
images
  • त्रिभुवन विमानस्थलले सुरु गर्‍यो आन्तरिक उडान

    काठमाडौं– अविरल वर्षाका कारण हिजोदेखि रोकिएका आन्तरिक हवाई उडान आज बिहानदेखि पुनः सुरु भएका छन् ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार मौसम सुधार भएपछि विभिन्न गन्तव्यतर्फ उडान सञ्चालन सुरु गरिएको हो ।

    कार्यालयले दिएको जानकारीअनुसार आज बिहानै काठमाडौंबाट नेपालगञ्ज र भद्रपुरका लागि उडान भइसकेका छन् ।

    साथै, पोखरा र सुर्खेतको मौसम पनि सुधारिएको हुँदा ती गन्तव्यमा समेत उडान सञ्चालन गर्न तयारी भएको कार्यालयले जनाएको छ ।

    यसअघि हिजो दिनभर मौसम खराब भएपछि आन्तरिक उडान स्थगित गरिएको थियो ।

    अन्तर्राष्ट्रिय उडान भने हिजो बेलुकीदेखि नै नियमित रूपमा सञ्चालन भइरहेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images