images
images
  • ओलीले एमाले नेतृत्व त्याग्नु उचित : बौद्धिक परिषद्

    काठमाडौं- नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीलाई महाधिवेशनअघि नै नेतृत्व छोड्न सुझाव दिइएको छ ।

    नेपाल बौद्धिक परिषद्ले असोज २ गते तीन पृष्ठ लामो पत्रमार्फत् ओलीलाई पार्टीको सत्ता हस्तान्तरण गर्न आग्रह गरेको हो ।

    परिषदका अध्यक्ष गजेन्द्रप्रसाद थपलियाले हस्ताक्षर गरेर महासचिव शंकर पोखरेललाई बुझाइएको पत्रमा महाधिवेशन नगरी विधानअनुसार केन्द्रीय कमिटीमार्फत् नेतृत्व हस्तान्तरण गर्न सकिने उल्लेख छ ।

    सुझावपत्रमा ओलीजस्ता नेताले अब अभिभावकको भूमिकामा रहेर नयाँ पुस्तालाई मार्गदर्शन गर्नुपर्ने भनिएको छ ।

    यसअघि असोज १२ गते गुन्डुस्थित ओली निवासमा बसेको सचिवालय बैठकमा पनि अधिकांश पदाधिकारीले उनलाई नेतृत्व छोड्न सुझाव दिएका थिए ।

    एमालेले यही विषयमा छलफल गर्न असोज १९ र २० गते सचिवालय बैठक र असोज २७ देखि २९ गते केन्द्रीय कमिटी बैठक बोलाएको छ ।

    आगामी बैठकबाट महाधिवेशनबारे निर्णय हुने अनुमान गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस्

    images
    Bishwokhar.com: News from Nepal
    images