
काठमाडौं- नेपालमा यस वर्षको मनसुन सामान्यभन्दा केही ढिला बाहिरिने भएको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुन सरदर अक्टोबर २ (बिहीबार) मा समाप्त हुने भए पनि यसपटक उत्तरार्धमा सक्रिय रहँदा केही दिन ढिला बाहिरिने देखिएको हो ।
वरिष्ठ मौसमविद् मीनकुमार अर्यालका अनुसार मनसुन भित्रिने औसत मिति जुन १३ भए पनि यो वर्ष जेठ १५ गते नै प्रवेश गरेको थियो ।
बाहिरिन पनि केही समय ढिला हुने उनले बताए ।
बंगालको खाडीमा बनेको न्यून चापीय प्रणाली र स्थानीय प्रभावका कारण आजदेखि केही दिनसम्म मौसम बदली रहँदै अति भारी वर्षासमेत हुने अनुमान गरिएको छ ।
शनिबार र आइतबार बढी वर्षा हुने र सोमबारबाट क्रमशः सुधार हुने अर्यालले जानकारी दिए ।
पश्चिमी वायुको प्रभावले मनसुन बाहिरिने समय निर्धारण गर्ने उनले स्पष्ट पारे ।
यस वर्षको मनसुन जेठ १५ गते पूर्वी नेपालबाट प्रवेश गरी क्रमशः जेठ २९ सम्म मधेस, बागमती, गण्डकी र लुम्बिनीका केही भूभागमा फैलिएको थियो ।
असार ६ गतेदेखि भने देशभर सक्रिय भएको थियो ।
प्रतिक्रिया दिनुहोस्