
काठमाडौं- सरकारले निजी क्षेत्रलाई उद्धार र राहत सामग्री तयारीमा रहन आग्रह गरेको छ ।
गृहसचिव रामेश्वर दंगालले मध्यमदेखि अति भारी वर्षाको पूर्वानुमान भएकाले जनधनको क्षति कम गर्न गैरसरकारी क्षेत्रको भूमिका महत्त्वपूर्ण हुने बताएका छन् ।
असोज २० गतेसम्म कोसीदेखि लुम्बिनी प्रदेशसम्म भारी वर्षा हुनसक्ने भन्दै आयोजित भर्चुअल विपद् संवादमा दंगालले आपतकालीन व्यवस्थापनका लागि राजमार्गमा कडाइ र तयारीबारे जानकारी दिए ।
संवादमा सहभागी विज्ञ र संस्थाका प्रतिनिधिहरूले मौसम र नदीको अवस्थाअनुसार छिटो सूचना प्रवाह गर्नुपर्ने सुझाव दिए ।
विपद् जोखिम न्यूनीकरण प्राधिकरणका प्रमुख दिनेश भट्टले सम्भावित विपद् व्यवस्थापनका लागि हेलिकोप्टर, ड्रोन, डुंगा लगायत निजी क्षेत्रसँग समझदारी भइसकेको र सहयोग प्राप्त हुने बताए ।
मौसमविद्हरूले असोज १८ र १९ गते कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनीका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षा हुने सम्भावना रहेको चेतावनी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्