काठमाडौं– शनिबार दिउँसोदेखि सुरु हुने भारी वर्षाका कारण जोखिमयुक्त क्षेत्रमा बाढी र पहिरोको सम्भावना बढ्ने भएकाले मौसमविद्हरुले राजमार्ग बन्द गर्नु उपयुक्त हुने सुझाव दिएका छन् ।
भारतको उडिसा नजिकै विकसित प्रणाली बिहार हुँदै शनिबार बिहान नेपाल प्रवेश गर्ने अनुमान छ ।
वीरगञ्जदेखि जनकपुर र मधेशभर भारी वर्षाको सम्भावना छ भने पश्चिममा बुटवल/भैरहवा–चितवन, काठमाडौं, मकवानपुर, हेटौंडा हुँदै गोरखा र तनहुँसम्म प्रभावित हुने देखिएको छ ।
विशेषगरी जोखिमयुक्त राजमार्ग र काठमाडौं उपत्यकाभित्रको आवतजावत नियन्त्रित गर्नुपर्ने विज्ञहरूको सुझाव छ ।
नारायणगढ–मुग्लिन–नागढुंगा, हेटौंडा–काठमाडौं, बनेपा–बर्दिबास जस्ता सडकहरूमा राति सवारी साधन चलाउन रोक लगाइएको छ ।
मौसम सुधार सोमबारदेखि क्रमिक रूपमा हुनेछ ।
डुबान जोखिम भएकासाथ नदी किनारका बस्तीमा सतर्कता अपनाउन स्थानीय प्रशासन र जनतालाई आह्वान गरिएको छ ।























