images
images
  • फ्रान्समा फेरि जेन्जी आन्दोलन : आइफिल टावर बन्द

    काठमाडौं- फ्रान्समा आर्थिक कटौती र कठोर नीतिविरुद्ध बिहीबार व्यापक विरोध प्रदर्शन भएको छ ।

    देशभर २०० भन्दा बढी सहरमा हजारौँ नागरिक, विद्यार्थी र सेवानिवृत्त कर्मचारी सडकमा उत्रिएका थिए ।

    पेरिसमा प्लेस डी इटालीबाट सुरु भएको र्‍यालीले सहर हल्लायो र आइफिल टावर हड्तालका कारण बन्द रह्यो ।

    फ्रान्सेली गृह मन्त्रालयका अनुसार कम्तीमा १ लाख ९५ हजार प्रदर्शनकारी थिए, तर युनियनहरूले १० लाखभन्दा बढी दाबी गरेका छन् ।

    मुख्य युनियनहरू सीजीटी, एफडीपी र सीएफडीटीले आह्वान गरेको राष्ट्रव्यापी हड्ताल अन्तर्गत प्रदर्शन गरिएको हो ।

    प्रदर्शनकारीहरूले धनी वर्गमा कर बढाऊ, सार्वजनिक सेवामा कटौती बन्द गर जस्ता नारासहित सरकारको ४४ अर्ब युरो कटौती योजनाको विरोध गरे ।

    प्लेस डी इटालीबाट सुरु भएको र्‍याली प्लेस वाउबनसम्म पुग्यो ।

    आइफिल टावर सञ्चालन गर्ने कम्पनीले कर्मचारीहरू हड्तालमा भएकाले टावर बन्द रहेको पुष्टि गरेको छ ।

    अनलाइन टिकट किनेका पर्यटकलाई रिफन्ड दिइने व्यवस्था गरिएको छ.।

    सरकारसँग संसदमा पूर्ण बहुमत नभएका कारण बजेट बहस गतिरोधमा फसेको छ ।

    युनियनहरूले कटौती योजनाले आम नागरिकलाई असर पुर्‍याउने र धनी वर्गलाई मात्र फाइदा हुने आरोप लगाएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images