काठमाडौं- नेपालमा यो वर्षको मनसुन जेठ १५ गते प्रवेश गरी असार ६ गते देशभर फैलिएको थियो ।
जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुन बाहिरिने मिति सामान्यतया अटोबर २ भए पनि यस वर्ष केही ढिला हुने देखिएको छ ।
वरिष्ठ मौसमविद् मीनकुमार अर्यालका अनुसार, मनसुनको प्रभाव, स्थानीय प्रणाली र बंगालको खाडीबाट उत्पन्न न्यूनचापीय प्रणालीका कारण आगामी केही दिन अति वर्षा हुने सम्भावना छ ।
शनिबार र आइतबार बढी वर्षा हुने र सोमबारबाट क्रमशः मौसम सुधार हुँदै जाने बताए ।
मनसुनको प्रवेश पूर्वमा जुन १३ गते भए पनि यस वर्ष १५ दिन अगावै नेपालमा भित्रिएको थियो ।
मनसुन बाहिरिन पश्चिमी वायुको प्रभावले निर्धारण गर्नेछ ।
प्रतिक्रिया दिनुहोस्























