images
images
  • यस्तो छ ट्रम्पको २० बुँदे शान्ति प्रस्तावमा हमासको प्रतिक्रिया

    काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजामा दुई वर्ष लामो युद्ध अन्त्य गर्ने उद्देश्यले प्रस्तुत गरेको २० बुँदे प्रस्तावमा प्यालेस्टिनी विद्रोही समूह हमासले प्रारम्भिक प्रतिक्रिया जनाएको छ ।

    हमासका नेताहरूले प्रस्ताव समूहभित्र छलफल भइरहेको र चाँडै आधिकारिक धारणा सार्वजनिक हुने बताएका छन् ।

    प्रस्तावमा तत्काल युद्धविराम, बन्धक र जेलमा रहेका व्यक्तिको अदला-बदली, इजरायली सेना गाजाबाट फिर्ता, हमासको हतियारबिसाइ, र अन्तर्राष्ट्रिय नेतृत्वमा अस्थायी सरकार गठनजस्ता विषय समावेश छन् ।

    ट्रम्पले हमासलाई केही दिनभित्र प्रस्ताव स्वीकार्न समय दिएका छन् र अस्वीकार भए गम्भीर परिणामको चेतावनी दिएका छन् ।

    युरोपेली, पश्चिमा र अरब राष्ट्रहरूले पनि हमासमाथि दबाब दिएका छन् ।

    हमासले निर्णय सार्वजनिक नगरेसम्म गाजामा युद्धविरामको अवस्था अनिश्चित छ ।

    युद्धविराम भए नेपाली विद्यार्थी विपिन जोशीसहित सबैको स्थिति सार्वजनिक हुनेछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images