images
images
  • प्रधानमन्त्री कार्की मन्त्री थप्दै, सुदन र मिराजसँग छलफल

    काठमाडौं- अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की मन्त्रिपरिषद् विस्तारमा सक्रिय छिन् ।

    जेन्जी आन्दोलनपछि भदौ २७ गते चुनावी सरकारको नेतृत्व सम्हालेकी उनले आन्दोलनरत पक्षसँग मन्त्री थप्नेबारे छलफल थालेकी छन् ।

    यस क्रममा प्रधानमन्त्री कार्कीले जेन्जीका प्रतिनिधि मिराज ढुंगाना र सुदन गुरुङसँग मन्त्रिपरिषद् विस्तारबारे परामर्श गरेकी हुन् ।

    हालसम्म दुईपटकमा आठ सदस्यीय बनेको मन्त्रिपरिषद् कम्तीमा ११ सदस्य पुर्‍याउने योजनाअनुरूप थप तीन जनालाई सहभागी गराउनेबारे छलफल भइरहेको उनका सचिवालयले जनाएको छ ।

    कार्कीले सुदन गुरुङ नेतृत्वको अर्को समूहसँग पनि भेटवार्ता गरेकी छन् ।

    आउँदो फागुन २१ गतेका लागि तय गरिएको निर्वाचन गराउन राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन गरेका हुन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images