images
images
  • पानी पार्ने बादल आजबाट सक्रिय : देशैभर भीषण वर्षाको सम्भावना, सतर्क रहन आग्रह

    काठमाडौंं- जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशभर मनसुनी र स्थानीय वायुको प्रभाव छ ।

    शुक्रबार दिनभर सामान्यतया बदली रहनेछ। दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी र मधेस प्रदेशसहित अन्य प्रदेशका पहाड–तराईका केही भागमा मध्यम वर्षा हुने सम्भावना छ ।

    लुम्बिनी तराई र कर्णाली–बागमतीका पहाडी भू–भागका थोरै स्थानमा भारी वर्षा पर्न सक्छ ।

    राति पनि देशभर बदली रहनेछ । कोशी, गण्डकी, लुम्बिनी र मधेस प्रदेशका धेरै स्थानमा तथा अन्य प्रदेशका थोरै स्थानमा मध्यम वर्षा हुने सम्भावना छ ।

    साथै, कोशी, मधेस, बागमती, लुम्बिनी र गण्डकीका केही भागमा भारी वर्षा हुने पूर्वानुमान गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images