images
images
  • बीपी राजमार्गको पुनर्निर्माण छिट्टै सुरु हुने : मन्त्री घिसिङ

    काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार र यातायात तथा सहरी विकास मन्त्री कुलमान घिसिङले बीपी राजमार्गको पुनर्निर्माण तत्कालै सुरु हुने जानकारी दिएका छन्। बुधबार (असोज १५) बाढीले क्षतिग्रस्त सडक अवलोकन गर्दै उनले पूर्वी नेपाल र तराईलाई काठमाडौंसँग जोड्ने यो प्रमुख मार्ग छिटो पुनःनिर्माण गर्न तयारी भइरहेको बताए ।

    घिसिङका अनुसार, रोशी खोलाको बाढीले क्षति पु‍र्‍याएको सडक खण्डको ठेक्का प्रक्रिया पूरा भइसकेको छ र जाइकाको सहयोगमा २.५ किलोमिटर सडकको काम दसैँपछिदेखि तीव्र गतिमा सुरु गरिनेछ ।

    साथै, मन्त्री घिसिङले असोज १७–१९ मा भारी वर्षाको पूर्वानुमान भएकाले चालक र यात्रुहरूलाई सतर्कतापूर्वक यात्रा गर्न आग्रह गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images