images
images
  • कुन-कुन देशमा चल्दैछ जेनजी आन्दोलन ?

    काठमाडौं- नेपालमा भाद्र २३–२४ (सेप्टेम्बर ८–९) मा भएको जेनजी आन्दोलनले ठूलो राजनीतिक भूकम्प ल्यायो ।

    प्रहरीको गोलीप्रहारमा १९ जनाको मृत्यु भएपछि आन्दोलन चर्किँदै गयो र अन्ततः केपी शर्मा ओलीको सरकार ढल्यो ।

    त्यसपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वमा अन्तरिम सरकार गठन भयो र प्रतिनिधि सभा विघटन गरियो ।

    नेपालको आन्दोलनपछि भारत (लद्दाख, उत्तराखण्ड), पेरु, केन्या, इन्डोनेसिया, मोरक्को र माडागास्कारमा समेत युवाहरूले भ्रष्टाचार, बेरोजगारी र असमानताविरुद्ध आन्दोलन सुरु गरेका छन् ।

    भारतमा लद्दाख र उत्तराखण्डका विद्यार्थी आन्दोलित ।

    पेरुमा राष्ट्रपति विरुद्ध सडक प्रदर्शन ।

    केन्यामा कर वृद्धि र भ्रष्टाचारविरुद्ध टिकटकमार्फत आन्दोलन ।

    इन्डोनेसियामा सांसदहरूको विशेषाधिकारविरोधी प्रदर्शन ।

    मोरक्कोमा शिक्षा–स्वास्थ्यको बजेट फुटबल विश्वकप संरचनामा खर्च गरेको विरोध।।

    माडागास्कारमा आन्दोलनकै कारण सरकार विघटन ।

    यी आन्दोलनमा नेपालकै प्रभाव देखिएको छ, जहाँजसरी यहाँ पनि जेनजी पुस्ताका युवाहरू सामाजिक सञ्जालमार्फत सडकमा उत्रिरहेका छन् ।

    प्रतिक्रिया दिनुहोस्

    images
    Bishwokhar.com: News from Nepal
    images