images
images
  • युक्रेनले मागेको टमहक क्षेप्यास्त्र रुसका लागि किन ‘रेड लाइन’ ?

    काठमाडौं- युक्रेनले अमेरिकासँग माग गरेको लामो दूरीको टमहक क्षेप्यास्त्रलाई रुसले गम्भीर रूपमा हेरिरहेको छ ।

    यस्ता हतियारले युक्रेनलाई रुसको भित्री भागमा आक्रमण गर्ने क्षमता दिने भएकाले मस्कोले यसलाई ‘रेड लाइन’ भन्दै चेतावनी दिएको छ ।

    रुसी प्रवक्ता दिमित्री पेस्कोभले टमहकले युद्धको समीकरण परिवर्तन नगरे पनि यसबाट अमेरिका र उसका सहयोगीहरू प्रत्यक्ष संलग्न भएको देखिने टिप्पणी गरेका छन् ।

    उनका अनुसार, क्षेप्यास्त्र कसले प्रक्षेपण गर्छ र लक्ष्य कसले निर्धारण गर्छ भन्ने नै मुख्य प्रश्न हो ।

    टमहक क्षेप्यास्त्र

    टमहक लामो दूरीको सबसोनिक क्रुज मिसाइल हो, जसलाई जहाज, पनडुब्बी वा जमिनबाट प्रक्षेपण गर्न सकिन्छ ।

    यसको दायरा १२५०–२५०० किलोमिटरसम्म पुग्छ । कम उचाइमा उड्ने भएकाले राडारबाट पत्ता लगाउन गाह्रो हुन्छ र कडा सैन्य संरचनामाथि समेत आक्रमण गर्न सक्षम हुन्छ ।

    युक्रेनको आवश्यकता

    युक्रेन लामो समयदेखि रुसको भित्री भाग प्रहार गर्न सक्ने क्षेप्यास्त्र माग गर्दै आएको छ । बेलायतले पहिले नै ‘स्टोर्म शाडो’ उपलब्ध गराइसकेको छ भने अमेरिका एटीएसीएमएस प्रणाली दिन पुगेको छ, तर यी दुवैको क्षमता टमहकभन्दा सीमित छ ।

    अघिल्लो प्रशासनले प्रतिबन्ध लगाए पनि राष्ट्रपति जेलेन्स्कीले संयुक्त राष्ट्रसंघ महासभा क्रममा अमेरिकी राष्ट्रपति ट्रम्पसँग टमहकको औपचारिक अनुरोध गरेका छन् ।

    यदि अमेरिका सहमत भए, यो कदमले रुस–अमेरिका बीचको तनाव झन् चर्काउने विश्लेषकहरूको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images