images
images
  • बजेट अभावमा अमेरिकी सरकार बन्द

    वासिङटन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र विपक्षी डेमोक्र्याटिक पार्टीबीच संघीय बजेटमा सहमति नपाएपछि अमेरिकाको सरकार बुधबारदेखि बन्द भएको छ ।

    बजेट सम्झौतामा असफलताका कारण संघीय निकायले कर्मचारीलाई बेतलबी बिदामा पठाउने र सार्वजनिक सेवा कटौती हुने अपेक्षा गरिएको छ.।

    दुवै सदनमा रिपब्लिकन बहुमत भए पनि फिलिबस्टर प्रावधानका कारण बजेट पास हुन सकेन । रिपब्लिकनको योजना ५५ मतमा मात्रै पास भयो भने डेमोक्र्याटिक पार्टीको छुट्टै प्रस्ताव ४७–५३ मतले असफल रह्यो ।

    यसअघि ट्रम्पको पहिलो कार्यकालमा पनि सिमाना पर्खाल निर्माणको विवादमा ३५ दिनसम्म सरकार बन्द भएको थियो ।

    (विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमको सहयोगमा)

    प्रतिक्रिया दिनुहोस्
    images
    images