images
images
  • पर्सिदेखि देशभर हावाहुरी र चट्याङसहित भीषण वर्षा हुने, सतर्क रहन आग्रह

    काठमाडौं— जल तथा मौसम विज्ञान विभागले असोज १७ देखि मनसुन थप सक्रिय हुने जानकारी दिँदै नागरिकहरूलाई सतर्क रहन अनुरोध गरेको छ ।

    बङ्गालको खाडीमा विकसित न्यून चापीय प्रणालीको प्रभावले कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा हल्कादेखि भारी वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ ।

    विभागका अनुसार, असोज १८ र १९ मा पनि मनसुन सक्रिय रहने भएकाले भू–क्षय, बाढी, पहिरो र यातायातमा असर पर्न सक्ने चेतावनी जारी गरिएको छ ।

    नागरिकहरूले मौसमको अद्यावधिक जानकारी अनुसार आवश्यक सतर्कता अपनाउनुपर्ने बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images