images
images
  • उषाकिरणलाई पार्टीबाट निष्कासन, पाण्डे, भट्टराई र बाँस्कोटालाई स्पष्टीकरण सोध्ने तयारीमा ओली

    काठमाडौं- भदौ २३–२४ को जेनजी आन्दोलनपछि दबाबमा परेका एमाले अध्यक्ष केपी शर्मा ओलीले आइतबार गुन्डुस्थित निवासमा भएको सचिवालय बैठकबाट दुई प्रस्ताव पारित गराउन खोजे ।

    ती प्रस्तावमध्ये एकले आफूलाई नेतृत्वमा पुष्टि गर्ने र अर्कोले उषाकिरण तिम्सेनालाई पार्टीबाट हटाउने तथा सुरेन्द्र पाण्डे, योगेश भट्टराई, गोकर्ण विष्ट र गोकुल बाँस्कोटालाई स्पष्टीकरण सोध्ने व्यवस्था गरेको थियो ।

    तर, १८ सदस्यीय सचिवालयमा दुईतिहाइ विपक्षमा देखिएपछि ओलीले दुवै प्रस्ताव प्रस्तुत नै गर्न सकेनन् ।

    नेताहरूले उल्टै पार्टीलाई कमजोरी सच्याएर अघि बढाउनुपर्नेमा जोड दिए । यसपछि ओलीले प्रस्तावहरू सिधै केन्द्रीय कमिटीमा लैजाने तयारी गरेका छन् ।

    ओलीले पहिलो बैठकमै आफ्ना आलोचकलाई कारबाही गर्ने योजना बनाएका थिए तर बहुमत नेताले उनी नै राजीनामा दिन वा नेतृत्व हस्तान्तरणको रोडम्याप ल्याउनुपर्ने माग गरेपछि उनको योजना असफल भएको हो ।

    अहिले ओली सचिवालयमा अल्पमतमा परे पनि केन्द्रीय कमिटीमा भने समर्थन जुटाउने विश्वासमा छन् । यही कारण उनले असोज २७–२९ गते केन्द्रीय कमिटीको बैठक बोलाएर आफ्ना प्रस्तावहरू त्यहाँ प्रस्तुत गर्ने तयारी गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस्

    images
    Bishwokhar.com: News from Nepal
    images