काठमाडौं- नेपाली कांग्रेसले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वगृहमन्त्री रमेश लेखकसहित पाँच जनाको राहदानी रोक्का गर्ने सरकारको निर्णयलाई आपत्ति जनाएको छ ।
जाँचबुझ आयोगको सिफारिसमा ओली, लेखक, गोकर्णमणि दुवाडी, हुतराज थापा र छवि रिजालको पासपोर्ट रोक्का गरिँदै विदेश भ्रमणमा रोक लगाइएको ।
उनीहरूलाई स्वीकृतिबिना काठमाडौं उपत्यका बाहिर जान समेत नपाउने निर्णय भएको छ ।
कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा सरकारले ‘राजनीतिक प्रतिशोधपूर्ण’ कदम चालेको आरोप लगाउँदै अन्तरिम सरकारलाई दण्डहीनतालाई प्रोत्साहन नगर्न चेतावनी दिइएको छ ।
यसअघि एमाले निकट युवा संघले पनि ओलीमाथि प्रतिशोध भयो भने प्रतिकार गर्ने चेतावनी दिएको थियो ।
सरकारको पछिल्लो निर्णयबारे सामाजिक सञ्जालमा समेत आलोचना बढिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्























