काठमाडौं- नेपालपछि जेन–जी पुस्ताको आन्दोलनले मडागास्करको सत्ता हल्लाएको छ ।
बिजुली र पानीको अभावविरुद्ध उठेको तीन दिन लामो प्रदर्शन हिंसात्मक बन्दा २२ जनाको मृत्यु र सयौं घाइते भए ।
राजधानी एन्टानानारिभोमा सुरु भएको शान्तिपूर्ण आन्दोलनपछि सरकारले कफ्र्यू लगाउँदै आश्रुग्यास र रबरको गोली प्रयोग गर्यो ।
टायर बाल्ने, व्यापारिक प्रतिष्ठान लुटपाट गर्ने र नेताहरूका घरमा आगजनीसम्म भएपछि राष्ट्रपति एन्ड्री रजोएलिनाले सोमबार सरकार विघटनको घोषणा गरे ।
रजोएलिनाले यो घटनालाई पुनःनिर्वाचनपछिको सबैभन्दा ठूलो चुनौती मानेका छन् ।
जिम्मेवारी पूरा गर्न नसकेका भन्दै मन्त्रीहरूलाई माफी मागेका उनले प्रभावित व्यवसायलाई सहयोग र युवासँग संवाद गर्ने प्रतिवद्धता जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 


















