काठमाडौं– नेकपा (एमाले)ले केन्द्रीय कमिटी बैठक बोलाएको छ ।
जेन–जी आन्दोलनपछि पार्टीले पहिलोपटक केन्द्रीय कमिटी बैठक बोलाएको हो ।
एमालेले केन्द्रीय कमिटी बैठकअगाडि सचिवालय बैठक पनि बोलाएको थियो ।
एमाले उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार असोज २७ र २८ गते केन्द्रीय कमिटी बैठक काठमाडौंमा बस्नेछ ।
यस्तै, पार्टी सचिवालय बैठक १९ र २० गते बोलाइएको छ ।
‘पछिल्लो घटनाक्रमबारे छलफल गरी आवश्यक निर्णय गर्न केन्द्रीय कमिटीको दशौँ बैठक यही असोज २७–२९ मा काठमाडौंमा बस्ने छ ।’
बैठकमा पार्टी अध्यक्ष केपी ओलीलाई पद त्याग्न दबाब दिने नेताहरूले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्























