काठमाडौं- माडागास्करमा पानी र बिजुलीको कटौतीविरुद्ध युवाहरूको प्रदर्शनपछि राष्ट्रपतिले आफ्नो सरकार विघटन गरेका छन् ।
प्रदर्शनमा कम्तीमा २२ जनाको मृत्यु र १०० जना घाइते भएका थिए। राष्ट्रपतिले नयाँ सरकार गठन नहुँदासम्म वर्तमान मन्त्रीहरूले अन्तरिम रूपमा काम गर्ने र युवासँग संवाद गर्ने बताएका छन् ।
प्रदर्शन राजधानी अन्टानानारिभोबाट सुरु भई देशका आठ सहरमा फैलिएको थियो ।
सुरक्षा बलले प्रदर्शन दबाउन अनावश्यक बल प्रयोग गरेको भन्दै संयुक्त राष्ट्रसंघले आलोचना गरेको छ ।
यो राष्ट्रपतिले सन् २०२३ मा तेस्रोपटक निर्वाचित भएयता सामना गरेको सबैभन्दा ठूलो चुनौती हो ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 


















