काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले सर्वोच्च अदालतका विवादित कर्मचारी आर्दश श्रेष्ठलाई आफ्ना प्रमुख स्वकीय सचिव नियुक्त गरेकी छिन् ।
सर्वोच्चमा करारमा कार्यरत श्रेष्ठलाई कार्कीले भदौ २७ मा प्रधानमन्त्री नियुक्त भएपछि सर्वोच्च प्रशासनलाई जानकारी नदिइ नियुक्ति गरेकी हुन् ।
सर्वोच्चको पेशी व्यवस्थान शाखामा रहँदा उनले आर्थिक लेनदेनसमेत गरेको आरोप छ ।
प्रधानमन्त्रीको मुख्य सल्लाहकारमा अजयभद्र खनाल (द हिमालयन टाइम्स’का पूर्वसम्पादक) र जनसम्पर्क सल्लाहकारमा गोविन्दनारायण तिमिल्सिना (थापा फाउन्डेसन’का अध्यक्ष) नियुक्त भएका छन् ।
प्रतिक्रिया दिनुहोस्























