images
images
  • कार्की सरकारलाई एमाले युवा संघको धम्की

    काठमाडौं- नेकपा (एमाले)को भ्रातृ संगठन युवा संघले पार्टी अध्यक्ष केपी शर्मा ओलीको राहदानी रोक्का गर्ने निर्णयको आपत्ति जनाएको छ ।

    संघका अध्यक्ष क्षितिज थेबेले जारी विज्ञप्तिमा भदौ २३–२४ का घटनाको छानबिन गर्ने आयोगले शंका र पूर्वाग्रहका आधारमा प्रारम्भिक चरणमै राहदानी रोक्का सिफारिस गरेको उल्लेख गर्दै गम्भीर चासो व्यक्त गरेका छन् ।

    युवा संघले एमाले पोलिटब्यूरो सदस्य महेश बस्नेतमाथि पनि प्रतिशोधपूर्ण ढंगले मुद्दा चलाइँदैछ भन्ने आरोप लगाउँदै सरकारलाई यस्तो क्रियाकलापमा अग्रसर नहुन आग्रह गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images