काठमाडौं- सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्षको भदौ मसान्तसम्म कुल सार्वजनिक ऋण २७ खर्ब ४३ अर्ब ३७ करोड पुगेको छ ।
यस आधारमा प्रतिव्यक्ति ऋणभार ९४ हजार ६५ रुपैयाँ पुगेको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले दिएको विवरणअनुसार २०४७ सालमा प्रतिव्यक्ति सार्वजनिक ऋण २ हजार ८ सय ४२ रुपैयाँ मात्र थियो ।
त्यतिबेला कुल ऋण ५१ अर्ब ४७ करोड ४० लाख थियो, जुन कुल गार्हस्थ्य उत्पादनको ४९.८ प्रतिशत थियो ।
अहिले ऋणको आकार बढे पनि जीडीपीअनुसारको अनुपात ४३.९ प्रतिशतमा झरेको छ ।
कार्यालयका अनुसार अहिलेको ऋण सरकारको क्षमताभित्रै छ र जोखिम न्यून छ । भुक्तानी राजस्व तथा अन्य आयमार्फत हुँदै आएको र विदेशी मुद्रामा तिर्न कुनै समस्या नरहेको बताइएको छ ।
तर, सांसद प्रेम सुवालले उठाएको आत्मनिर्भर अर्थतन्त्र विकासको योजनाबारे भने प्रधानमन्त्री कार्यालय मौन रहेको छ ।


विश्व खबर 


















