images
images
  • नेतृत्व त्याग्न र एमाले पुनर्गठन गर्न ओलीलाई सचिवालयको दबाब

    काठमाडौं- नेकपा (एमाले) सचिवालयको बहुमत सदस्यले अध्यक्ष केपी शर्मा ओलीले राजीनामा दिएर पार्टी पुनर्गठनसहित तत्काल महाधिवेशनमा जानुपर्ने धारणा राखेका छन् ।

    जेन–जी आन्दोलनपछि सत्ता छोड्न बाध्य भएका ओलीले आइतबार भक्तपुर गुन्डुमा सचिवालय बैठक बोलाएका थिए ।

    बैठकमा अधिकांश सदस्यले आन्दोलनले पार्टीलाई क्षति पुगेकाले नयाँ नेतृत्व र संगठनात्मक पुनर्गठन आवश्यक रहेको बताए ।

    तर ओली र उनको पक्ष भने सहमत भएनन्। उनले घटनामा अदृश्य शक्तिको भूमिका रहेको दाबी गर्दै राजीनामा अस्वीकार गरे ।

    नेतृत्व र संगठनबारे ठोस निर्णय नभए पनि सचिवालयको अर्को बैठक १९–२० गते र केन्द्रीय समिति २७–२९ गते बस्ने तय भएको छ ।

    उपाध्यक्ष गुरु बरालले बाह्य शक्तिको आक्रमणबीच आन्तरिक विवाद गौण हुने भन्दै एकता अपरिहार्य भएको टिप्पणी गरे ।

    उनले संविधान र लोकतन्त्रको रक्षा गर्न सबै देशभक्त शक्तिहरूलाई एकाकार हुनुपर्ने बताए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images