images
images
  • देशैभर भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

    काठमाडौं- त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक तथा मौसमविद् डा. विनोद पोखरेलले यस वर्ष पनि गत वर्षजस्तै असोजमा ‘भीषण’ वर्षा हुने उच्च सम्भावना रहेको बताएका छन् ।

    उनका अनुसार भोलिदेखि हल्का–मध्यम वर्षा सुरु भई असोज १६ रातिदेखि पूर्वी नेपालमा भारी वर्षा बढ्ने देखिन्छ ।

    विशेषगरी असोज १७–२१ बीच तीनै मोडेलले निरन्तर भारी वर्षाको संकेत गरेको उनले स्पष्ट पारेका छन् ।

    “फोरकास्ट नमिलोस् भन्ने कामना गरौँ तर, पोहोरजस्तै परिस्थिती आउन सक्ने संकेत देखिएको छ,” पोखरेलले सामाजिक सञ्जालमा लेखेका छन् ।

    उनीसँगै जलवायुविज्ञ डा. धर्मराज उप्रेतीले पनि असोज १७ देखि पूर्वी नेपालतिर भारी वर्षा गराउने प्रणाली विकसित भइरहेको बताए ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार–

    १० मि.मि.सम्म : हल्का वर्षा

    १०–५० मि.मि. : मध्यम वर्षा

    ५०–१०० मि.मि. : भारी वर्षा

    १००–२०० मि.मि. : धेरै भारी वर्षा

    २०० मि.मि.भन्दा बढी : अति भारी वर्षा मानिन्छ ।

    गत वर्ष असोज १०–१३ मा ‘रेकर्ड ब्रेक’ पानी पर्दा काठमाडौंसहित धेरै स्थानमा बाढी–पहिरोको ठूलो क्षति भएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images