images
images
  • लुकाएर राखेको ४० बोरा मल बरामद

    सिरहा– जिल्ला प्रशासन कार्यालयले विशेष सूचनाका आधारमा गोलबजार–६ का व्यवसायी जितन सहनीको घरमा छापा मार्दा ४० बोरा अनुदानको डिएपी र युरिया मल बरामद गरेको छ ।

    प्रशासनका अधिकृत सन्तोष रायका अनुसार बरामद मल इलाका प्रहरीको निगरानीमा गोदाममै सिल गरिएको छ । घरधनी फरार रहेकाले थप विवरण सार्वजनिक भएको छैन ।

    यसअघि असोज ८ मा सोही स्थानबाट १५४ बोरा अनुदानको मल बरामद गरिएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images