images
images
  • गाजामा युद्ध विराम गर्न ट्रम्प र नेतान्याहु सहमत

    काठमाडौं- अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतान्याहू गाजामा युद्धविराममा सहमत भएका छन् ।

    सोमबार राति वाशिंगटनमा आयोजित पत्रकार सम्मेलनमा दुवै नेताले यो घोषणा गरेका हुन् ।

    योजनाअनुसार ७२ घण्टाभित्रै इजरायलले सैन्य कारबाही रोक्नेछ भने हमासले २० जना जीवित बन्धक र दुई दर्जनभन्दा बढी मृतकको शव फिर्ता गर्नेछ ।

    यसको बदलामा इजरायलले गाजाका सयाैँ कैदी तथा बन्दीहरूलाई छोड्नेछ ।

    ह्वाइट हाउसको २० बुँदे प्रस्ताव हमासलाई कतार र इजिप्टमार्फत बुझाइएको छ ।

    यसमा हमासलाई गाजाको शासनमा कुनै भूमिका नदिने र दीर्घकालीन रूपमा दुई राष्ट्र समाधानको ढोका खुला राखिएको उल्लेख छ ।

    ट्रम्पले भने, ‘यदि हमासले यसलाई स्वीकार गर्दैन भने, इजरायलसँग उसलाई समाप्त गर्ने सम्पूर्ण अधिकार छ र त्यसमा अमेरिका साथ दिनेछ ।’

    लगत्तै नेतान्याहूले थपे, ‘गाजामा शान्तिपूर्ण प्रशासन हुनेछ, हमासका सबै हतियार हटाइनेछन् र इजरायल क्रमशः पछि हट्नेछ । सजिलो वा कठिन जुनसुकै बाटोबाट भए पनि यो कार्य सम्पन्न हुनेछ, हमासले मानेन भने इजरायल आफैं पूरा गर्नेछ ।’

    ७ अक्टोबर सन् २०२३ मा हमासले दक्षिण इजरायलमा आक्रमण गर्दा १ हजार २ सय जनाको मृत्यु भएको थियो ।

    २ सय ५१ जनालाई हमासले अपहरण गरेको थियो । त्यसयता इजरायली आक्रमणमा गाजामा कम्तीमा ६६ हजार ५५ जनाको मृत्यु भएको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images