images
images
  • मुग्लिन–नारायणगढ सडकमा दुईतर्फी सञ्चालनमा

    काठमाडौं- मुग्लिन–नारायणगढ सडकखण्डमा मंगलबार (असोज १४) बिहान यति बेलासम्म पहिरोको कुनै अवरोध छैन ।

    सवारी आवागमन दुईतर्फी नै सञ्चालनमा रहेको सडक डिभिजन भरतपुरले जनाएको छ ।

    “मुग्लिन–नारायणगढ सडकखण्डमा कुनै पनि अवरोध छैन, सवारी आवागमन दुईतर्फी नै सञ्चालनमा रहेको छ,” सडक डिभिजनले मंगलबार बिहान ८ः३० बजे जारी गरेको सूचनामा उल्लेख छ ।

    लेन अनुशासनको पालना गर्न सडक डिभिजनले आग्रह गरेको छ ।

    “चाडपर्वमा सवारीसाधनको उच्च चाप हुने भएकोले कृपया गति सीमितमा रही लेन अनुशासनको पालना गर्नुहुन अनुरोध गरिन्छ,” सडक डिभिजनले भनेको छ ।

    सोमबार (असोज १३) चितवनको इच्छाकामना गाउँपालिका–५, तुइन खोला पुलनजिक सडकमा पहिरो खस्दा करिब ६ घण्टा बाटो अवरुद्ध भएको थियो ।

    यो वर्ष उक्त स्थानमा पटक–पटक पहिरो खसेर लामो समय सडक अवरुद्ध भइसकेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images