काठमाडौं– नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले विशेष पत्रकार सम्मेलन गर्दै पार्टी एकता विषयमा स्पष्ट धारणा सार्वजनिक गरेका छन् ।
उनले माओवादीसँग जस्ताको तस्तै एकता गर्दा समस्याको समाधान नहुने बताउँदै पहिले आत्ममूल्यांकन र पुनर्गठन अपरिहार्य रहेको औंल्याए ।
भुसालका अनुसार, माओवादी पार्टी विगत १० वर्षदेखि नै कमजोर हुँदै आएको छ, जसको अतिरिक्त भार पनि एकीकृत समाजवादीले बोेेेक्ने स्थिति सिर्जना हुन्छ ।
त्यसैले पार्टीलाई सुदृढ बनाउन पुनर्गठनमार्फत मात्र अगाडि बढ्नुपर्ने उनको धारणा छ ।
प्रतिक्रिया दिनुहोस्























