काठमाडौं– नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाका सासुससुराको जावलाखेलस्थित घरमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले आइतबार छापा मारेको छ ।
निवर्तमान परराष्ट्रमन्त्री आरजु राणा देउवाकी भाइ भूषण राणा तथा उनका बुवाआमा बस्ने छुट्टाछुट्टै दुई घरमा सीआईबीले खनतलासी गरेको हो ।
छापा मार्दा भूषण घरमा थिएनन् भने उनका बुवाआमा उपस्थित थिए ।
शंकास्पद नगद वा कागजात रहेको सूचनाका आधारमा प्रहरीले छापा हालेको भए पनि कुनै वस्तु फेला परेन ।
सीआईबीले वडाध्यक्षसहितको रोहबरमा मुचुल्का पनि उठाएको थियो ।
प्रतिक्रिया दिनुहोस्























