काठमाडौं- केपी शर्मा ओली जेनजी आन्दोलनपछि पनि एमाले नेतृत्वमा टिक्न चाहन्छन् ।
प्रधानमन्त्रीबाट राजीनामा दिएपछि भक्तपुर गुन्डुमा बसेर ‘वान टु वान’ भेटमार्फत नेताहरूलाई आफ्नो पक्षमा उभ्याउने प्रयासमा छन् ।
पार्टी विधानले तेस्रो कार्यकालको व्यवस्था गरे पनि हालको राजनीतिक परिस्थिति चुनौतीपूर्ण छ ।
वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले बैठक बोलाउन सुझाव दिए, तर ओलीले दसैंपछि मात्र बैठक गर्ने संकेत गरेका थिए ।
त्यसलगत्तै हिजो सचिवालय बैठक गुन्डुमा बस्यो । बैठकमा केही नेताले नेतृत्व त्याग्न सुझाएका थिए ।
तर, ओलीले यसअघिका बैठकमा जस्तै नेताहरूलाई झपार्दै बाँचुन्जेल अरूले एमाले नेतृत्वको आस नगर्न स्पष्ट पारेका छन् ।
गत भदौ जेनजी आन्दोलनमा ७३ जनाको मृत्यु र सयभन्दा बढी घाइते भएका थिए ।
प्रतिक्रिया दिनुहोस्























