काठमाडौं- रुसले शनिबार रातिदेखि युक्रेनमाथि ५९५ ड्रोन र ४८ मिसाइल प्रयोग गरी करिब १२ घण्टा लगातार हमला गरेको छ ।
यसमा कम्तीमा चार जनाको मृत्यु भएको र ७०बढी घाइते भएका छन् ।
सबैभन्दा बढी क्षति राजधानी किभमा पुगेको छ, जहाँ १२ वर्षीया बालिकासहित नागरिकहरू मारिएका छन् ।
राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसको यस हमलाप्रति आक्रोश व्यक्त गर्दै बदला लिने चेतावनी दिएका छन् ।
पोल्यान्डले आफ्नै राजधानी वरिपरि वायुक्षेत्र बन्द गर्नुपरेको थियो ।
युक्रेनी सेनाले ५६८ ड्रोन र ४३ मिसाइललाई वायु रक्षा प्रणालीले खसालेको दाबी गरेको छ ।
तर आवासीय भवन, अस्पताल, बालविकास केन्द्र र अन्य नागरिक पूर्वाधारहरूमा ठूलो क्षति पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 


















